पोखरा, २२ साउन । पोखरा महानगरपालिका–१० बुद्धचोकमा बीवाइडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ। साइमेक्स इंक प्रालिको आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिले सञ्चालनमा ल्याएको सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभयो।

नयाँ सेन्टर सञ्चालनसँगै पोखरामा बीवाइडीको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको थ्री–एस सुविधा पूर्ण रूपमा उपलब्ध भएको कम्पनीले जनाएको छ। अब गण्डकी प्रदेशका ग्राहकले कम्पनीबाट तालिमप्राप्त प्राविधिकमार्फत जेन्युइन स्पेयर पार्ट्स, वारेन्टी, ब्याट्री परीक्षण, मर्मत तथा अन्य बिक्रीपछिका सेवा एउटै आधिकारिक केन्द्रबाट प्राप्त गर्नेछन्।

करिब ७ हजार २ सय ३३ वर्गफिट क्षेत्रफलमा रहेको सर्भिस सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्छ। कार्यक्रममा फ्ल्यास मोबिलिटीकी निर्देशक अनिता रानाभाटले नेपालका सडकमा हाल ११ हजारभन्दा बढी बीवाइडीका विद्युतीय सवारी सञ्चालनमा रहेको जानकारी दिनुभयो।साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बीवाइडीको सवारी खरिद गर्नु ग्राहकसँगको सम्बन्धको सुरुवात मात्र भएको बताउनुभयो ।

पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउनु विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स र ग्राहककेन्द्रित सेवामार्फत उत्कृष्ट सेवा दिने प्रतिबद्धताको निरन्तरता भएको उहाँको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0