पाेखरा, २३ साउन। पोखरा महानगरपालिका वडा नं.४ मा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्य कुञ्जद्वारा आयोजित कविता प्रतियोगिता शुक्रवार विद्यालयमा सम्पन्न भएको छ।

साहित्य कुञ्जका अध्यक्ष कक्षा ११ विज्ञान संकायका प्रतीक पौडेलको अध्यक्षतामा सम्पन्न माध्यमिक तह अन्तर्गतको कविता प्रतियोगितामा कक्षा १२ विज्ञान संकायका सन्दिप अधिकारी प्रथम, कक्षा ९(क) का एशव परियार द्वितीय, कक्षा ९(ग) की आरुषी रायमाझीले तृतीय स्थान हासिल गरेका छन् भने  कक्षा १२ विज्ञान संकायकी  नम्रता अधिकारी र कक्षा १०(ख) का दिपेश राना मगरले सान्त्वना स्थान हासिल गरेका छन् ।

त्यस्तै आधारभूत तह अन्तर्गतको प्रतियोगितामा कक्षा ८(ख) की चाहना आचार्य प्रथम, कक्षा ८(ख) कै उपास्ना कार्की द्वितीय, कक्षा ६(ख) की आशिका पौडेलले तृतीय स्थान हासिल गरेका छन् भने कक्षा ७(ख) की रविना महतरा र कक्षा ६(ग) का भूपेन्द्र बोगटी सान्त्वना भएका छन् ।

साहित्य कुञ्जको सचिव कक्षा ११ विज्ञान संकायकी एञ्जल ठकुरीले सञ्चालन गरेकी कार्यक्रममा विद्यालयका सह प्राचार्य मुकेश कुमार अधिकारी र आधारभूत तह इन्चार्ज सजनी मजु श्रेष्ठले विजयी विद्यार्थीलाई बधाई ज्ञापन गरेका थिए।

पाइला फाउन्डेसनका नरेन्द्र कुमार नगरकोटी, शिक्षकहरू अनुपमणि अधिकारी र सुस्मा आमात्य निर्णायक रहेको कविता प्रतियोगितामा ८० जना विद्यार्थीहरूले आफ्ना कविता वाचन गरेको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0