
सियोल, १९ जेठ । उत्तर कोरियाले सोमबार रूससँगको आफ्नो सैन्य सहयोगको पक्षमा बोल्दै यो सम्बन्ध युरोप र एसियामा ‘शान्ति र स्थिरता सुनिश्चित गर्ने’ उद्देश्यले गरिएको बताएको छ । दुई देशले हालका वर्षहरूमा सैन्य सहयोग बलियो बनाएका छन् । प्योङयाङले युक्रेनविरुद्धको युद्धमा मस्कोलाई समर्थन गर्न हतियार र सेनाहरू उपलब्ध गराएको छ ।
दक्षिण कोरियाली सांसद ली सेओङ–क्वेनले देशको गुप्तचर सेवालाई उद्धृत गर्दै रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएका र हजारौँ घाइते भएको बताउनुभयो । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, जापान र अन्य आठ देशसहितको बहुपक्षीय प्रतिबन्ध अनुगमन समूहले शुक्रबार ती सम्बन्धलाई ‘गैरकानूनी’ भन्दै निन्दा गरेको छ ।
जवाफमा प्योङयाङले मस्कोसँगको आफ्नो सहयोगको उद्देश्य ‘राज्यको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र सुरक्षा चासोको रक्षा गर्ने’ साथै “युरेसियाली क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्ने’ रहेको बताएको छ । विदेश मन्त्रालयका एक अधिकारीले जारी गरेको विज्ञप्तिमा रुससँगको सम्बन्धलाई ‘अन्तर–राज्य सम्बन्धको क्रिम’ भनेर वर्णन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























