काठमाडौं, १९ जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली बजारमा सुनचाँदीकाे भाउ बढेकाे छ ।

आज सुनको भाउ ताेलामा एक हजार रुपैयाँ बढेको छ । चाँदीमा रुपैयाँ ५ ले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुन तोलाकाे एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आईतबार बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढीरहेकाे छ ।

चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतीतोला ५ रुपैयाँले बढेको हो ।

चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।

आईतबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९८५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0