
पोखरा, २० चैत । रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा चैत २१ शनिवार हुन लागेकाे छ । यसकाे तयारी पूरा भएकाे छ । कार्यक्रम रेडियो अन्नपूर्णको कार्यालय पोखरा– ४ गैह्रापाटनमा शनिबार बिहान ७ बजेबाट शुरु हुनेछ ।
रेडियो वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्तर्गत यसबर्ष पनि चैतको तेश्रो शनिबार “रक्तदान म पनि गर्छु” भन्ने मूल नाराका साथ २४औं बृहत् खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए।
चैत महिनामा रक्तदानका कार्यक्रमहरु कम हुने हुँदा रगतको अभाव हुने भएकाले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम आयोजनामा गरिएकाे संयोजक सीता क्षेत्रीले बताइन्। रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरुले काम गरिरहेका छन् । र
क्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहनेछ । रक्तदान कार्यक्रममा १७ देखी ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनै पनि दीर्घरोगको औषधी सेवन नगरेका र संक्रामक रोग नलागेका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्नेछन् । रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वास्थ्य प्राप्ति हुने, हृदयघात र क्यान्सरको खतरा कम हुने, शरिरको तौल घटाउन सघाउने लगायतमा फाइदा हुने विज्ञहरुको भनाई छ ।
रक्तदान कार्यक्रमको सहयोगी सँस्थाहरुमा पोखरा फाइनान्स लिमिटेड, प्रभु बैँक लिमिटेड,नेपाल बैंक लिमिटेड, जोन्टा क्लब पोखरा, गुहेश्वरी मर्चेन्ट बैँकिङ एण्ड फाइनान्स लिमिटेड, लायन्स क्लब अफ पोखरा सेन्टीनियल, सलिको इन्स्योरेन्स, नेपाल बीमा प्रधाधिकरण, रुपाकोट ज्योति सुनचादिँ पसल, लायन्स क्लव अफ पोखरा सेति गंगा, बराल फिड पोखरा, नेलम्बो नेपाल, तालवाराही फरमेर्सी, माइबुक्स स्टेशनरी, फिष्टेल नर्सिङ् कलेज, सिजि फुड्स प्रा.लि, ग्रिन डेभलब्मेन्ट बैँक लिमिटेड, अतिथि रिर्सोट एन्ड स्पा, बृज एडिटिभ्स रहेको मार्केटिङ म्यानेजर नारायण पौडेलले जानकारी दिए ।

























