काठमाडौं, २९ माघ । साताकाे शेयर काराेबार हुने अन्तिम दिन शुक्रबार नेप्से उकालाे लागेकाे छ । चारदिन पछि नेप्से उकालाे लागेकाे हाे । यसले लगानीकर्ताहरु उत्साहि भएका छन् ।

नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा चढेकाे छ। सेन्सेटिभ इण्डेक्स १.५१ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.८५ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले बढेको नेप्सेले जनाएकाे छ।

यसदिन काराेबार रकममा पनि बृद्नेध भएकाे छ । बुधबार ८ अर्ब ६९ करोड रुपैयाँबराबरको काराेबार भएकाे थियाे । शुक्रबार ३३७ कम्पनीहरुकाे १ लाख ६ हजार १८ पटकको कारोबार हुँदा ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँबराबरको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर किनबेच भएकाे छ।

मध्य भोटेकोशी जलविद्युतकाे शेयरमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीको शेयरमूल्य २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ७० पैसामा कारोबार भएको छ। रसुवागढी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले र खानी खोला हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतले बढेको छ। कालिञ्चोक दर्शनको शेयरमूल्य ७.५९ प्रतिशतले घटेको छ।

कारोबारकाे आधारमा ङादी ग्रुप पावर अगाडी रहेकाे छ । कम्पनीको ७० करोड ५३ लाख रुपैयाँबराबरको शेयर काराेबार भएकाे छ। एसवाई प्यानल नेपालको साढे ४३ करोड रुपैयाँको शेयर किनबेच भएकाे छ । रिडी पावरको ४२ करोड रुपैयाँको कारोबार भएको छ।

१३ उपसमूहमध्ये ८ उपसमूहमा हरियाे लागेकेा छ । ५ उपसमूहमा राताे लागेकाे छ । विकास बैंक उपसमूहको परिसूचक १.१८ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ । साथै अरु उपसमूहहरुको परिसूचक सामान्य बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६५ प्रतिशत घटेको छ। लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको नेप्सेले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0