
काठमाडौं, १४ पुस । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारम गिरावट भएको छ ।
नेप्सेमा यसदिन १०.५३ अंकले घटेर २६२२.८८ विन्दुमा झरेको छ । नेप्सेमा ०.४० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४५५.३१ अंकले घटेको छ ।
फ्लोट इण्डेक्स १७९.७२ अंकले घटेको छ भने सेन्सेटिभ फ्ला्ट इण्डेक्स १५४.३५ अंकले घटेको छ ।
यसदिन ३३७ कम्पनीहरुको १ करोड ३७ हजार ३०७ कित्त शेयरको खरिदबिक्रीबाट रुपैया ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी एसवाई प्यानल नेपालको २३ करोड २ लाख ४१ हजार ९३६ रुपैयाँ बराबरको कारोबार भएको छ । दोश्रो मञ्जुश्री फाइनान्सको १७ करोड ९८ लाख ३२ हजार ७५२ रुपैयाँ बराबरको र तेश्रोमा शिवम् सिमेन्टस्को १३ करोड ६३ लाख ६७ हजार २१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी एसवाई प्यानल नेपालको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी वीन नेपाल लघुत्तिले गुमाएको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
१३ उपसमूहहरुमध्ये बैंकिङ र म्युचुअल फण्डमा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ ।
























