वासिङ्टन, १४ जेठ (रासस/एएफपी) । वासिङ्टनले युक्रेन युद्धलाई लिएर मस्कोविरुद्ध नयाँ प्रतिबन्धबारे विचार गरिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार रुसी भ्लादिमिर पुटिनलाई ‘आगोसँग खेलिरहनुभएको’ चेतावनी दिएका छन्।

ट्रम्पको यो पछिल्लो आक्रमणले युद्धविराम वार्ताहरू ठप्प भएकाेमा उनको निराशा देखाएको छ र यो टिप्पणी युक्रेनमा ठूलो ड्रोन आक्रमणपछि उनले पुटिनलाई ‘पूर्ण रूपमा पागल’ भनेको दुई दिनपछि आएको हो ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्ने मस्कोले आफ्ना नागरिकहरूमाथि बढ्दो युक्रेनी आक्रमणको जवाफ दिँदै किएभले शान्ति प्रयासलाई ‘अवरोध’ गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

हालैका हप्ताहरूमा युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू तीव्र भएका छन् तर पुटिनमाथि शान्ति वार्ता अवरुद्ध गरेको आरोप लगाइएको छ ।

“भ्लादिमिर पुटिनलाई के थाहा छैन भने यदि यो मेरो लागि नभएको भए, रूसमा धेरै नराम्रा कुराहरू भइसकेका हुन्थे, र मेरो मतलब साँच्चै नराम्रो हो । उहाँ आगोसँग खेलिरहनुभएको छ !”, ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0