
काराकास, ३ पुस। भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नपरेको दाबी गरेको छ । बुधबार काराकासले सार्वजनिक प्रतिक्रिया दिँदै तेल व्यापार सामान्य रूपमा जारी रहेको स्पष्ट पारेको हो ।
मङ्गलबार ट्रम्पले भेनेजुएलाबाट भित्र–बाहिर हुने सबै तेल ट्याङ्करहरूलाई लक्षित गर्दै ‘पूर्ण र सम्पूर्ण अवरोध’ लगाएको घोषणा गर्नुभएको थियो । यो कदमलाई अधिनायकवादी वामपन्थी राष्ट्रपति निकोलस मदुरोविरुद्ध महिनौँदेखि चलिरहेको सैन्य तथा आर्थिक दबाब अभियानको पछिल्लो कडीका रूपमा हेरिएको छ । विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलाले भने यस्तो घोषणाले आफूलाई नछोएको बताएको छ ।
राज्य स्वामित्वको तेल कम्पनी पेट्रोलिओस डे भेनेजुएला (पिडिभिएसए) ले विज्ञप्ति जारी गर्दै ‘कच्चा तेल तथा उप–उत्पादनको निर्यात सञ्चालन पूर्ण रूपमा सामान्य अवस्थामा छ र कम्पनीसँग सम्बन्धित ट्याङ्करहरू सुरक्षित रूपमा यात्रा गरिरहेका छन्’ भनी जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























