पाेखरा, १९ मङ्सिर । पोखरा महानगरपालिकाको आयोजनामा भएको लैंगिक हिंसा विरुद्ध पुरुषहरुको ऐकेवद्धता महिला पुरुष सम–सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर–५, का वडा अध्यक्ष विष्णुप्रसाद बरालले यो कार्यक्रम नगरपालिकाका ३३ वटै वडामा आयोजना गरिएको जानकारी दिए।

नोबेम्बर १० देखि २५ सम्म १६ दिने अभियान चलाइएको समेत उनले जानकारी दिए। संविधानमा उल्लेख गरिएका कुराहरु व्यावहारिक रुपमा कार्यन्वयन नभएका कारण घर, टोल, समाजमा विभिन्न खालका हिंसा भएको पाइएकोले यस्ता घट्नाहरुलाई न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम मार्फत वडाले सम्वोधन गर्ने अध्यक्ष बरालको प्रतिवद्धता रहेको छ । जसको लागि आम नागरिकहरु आफै पनि सचेत नभएसम्म जतिसुकै कानुन बनाए पनि कुनै अर्थ नहुने उनको भनाइ छ ।

हामी आफै सचेत हुन सके विभिन्न खालका घट्नाहरु विस्तारै न्युनिकरण गर्न सकिने उनको विश्वास रहेको छ । कार्यक्रममा पुर्व अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता धन वहादुर नेपाली, वडा सदस्य गोविन्द पराजुली, ताल बराही माविका प्रचार्य शिव प्रसाद भण्डारी लगायतले हिंसा महिला पुरुष दुवैमा हुने भएकाले एक आपसमा सम्मान गर्नुका साथै, यस्ता अभियानलाई शिक्षासँगै जोडेर अघि बढाउन सकेको अवस्थामा सबैखाले हिन्सा न्युनिकरण गर्न सकिने जिकिर गरे।

कार्यक्रममा वरिष्ठ अधिबक्ता तारा शर्माको प्रस्तुतीकरण रहेको थियो । जनप्रतिनिधि हरिमाया विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जनप्रतिनिधि मणिराम वरालले गरे भने जनप्रतिनिधि कल्पना क्षेत्रीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0