दमास्कस, ११ जेठ । सिरियाको गृह मन्त्रालयका प्रवक्ता नौरेदिन अल–बाबाले गत डिसेम्बरमा सत्ताच्युत भएका लामो समयदेखिका शासक बशर अल असदको गुप्तचर र सुरक्षा निकायले करिब एक तिहाइ जनसङ्ख्यालाई उसको खोजी सूचीमा राखेको शनिबार बताउनुभएको छ ।

बाबाले दमास्कसमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “राजनीतिक कारणले पूर्ववर्ती सरकारले खोजीको सूचीमा राखेका मानिसहरूको सङ्ख्या ८० लाख नाघेको छ ।

उहाँले भन्नुभयो, “सिरियाली जनताको लगभग एक तिहाई जनसङ्ख्यालाई पूर्व शासनको दमनकारी गुप्तचर र सुरक्षा एजेन्सीहरूले खोजीको सूचीमा राखेको थियो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0