नारायण शर्मा/नवलपरासी १२ कात्तिक । मुस्ताङको हिडन भ्यालीमा गत तिनदिनदेखि अलपत्र परेका १५ पर्यटकको उद्धारकालागि सदरमुकाम जोमसोमवाट सुरक्षाकर्मीको टोलि त्यस तर्फ हिडेको छ ।

थासाङ गाउपालिका वडा नम्बर १ टुकुचे हिमालको ‘हिडन भ्याली’ मा गत सोमवारदेखि हिउमा फसेर अडकिएका ३ जना विदेशी महिलासहित १५ जनालाई उद्धार गर्न सेना र प्रहरीको संयुक्त टोली त्यता हिडेको छ । हिडन भ्यालीमा अडकिएका १५ जना सबै त्यहाँबाट तल झर्ने तर्खरमा रहेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।

उनिहरु रोकिएको स्थानमा आज मौसम अल्ली सफा भएका कारण उनिहरु पनि त्यहाँवाट पैदल झर्ने छन् र यताबाट सुरक्षाकर्मीको टोली पनि जादै छ भुसालले भने ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद भुसालका अनुसार उनीहरुको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली जोमसोमवाट हिडेको छ । नेपाली सेनाको उच्च शिखर शिक्षालय, इन्द्रबक्स गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको १४ जनाको टोली ‘हिडन भ्याली’ तर्फ प्रस्थान गरेको भुसालले जानकारी दिए ।

म्याग्दीको मुदी हुदै राउन्ड धौलागिरी फन्को मारेर मुस्ताङको मार्फा फर्किदै गरेका ३ जना ब्रिटिस महिला पर्यटकसहित १५ जना ‘हिडन भ्याली’मा अलपत्र परेका हुन । उनिहरु रहेको स्थानमा ५ फिट सम्म हिउ परेको छ ।

बाक्लो हिमपातले पदमार्ग पुरिएको अवस्थामा पर्यटकलाई यात्रा गर्न समस्या हुने भएकाले हिउँ पन्छाउने उपकरणसहित टोली खटाइएको छ । सुरक्षा टोलि त्यहा पुग्न कम्तिमा २ दिनको समय लाग्ने भुसालले जानकारी दिए ।

काठमाडौंको सेक्रेट हिमालय ट्रेड एण्ड एक्स्पिडिसन ट्राभल एजेन्सीबाट ट्रेकिंगमा गएका तीन बेलायती महिला पर्यटकसहितको यो टोली सोमबारदेखि हिउमा फसेको थियो । १५ जनाको टोलीमा ब्रिटिस नागरिकहरुMs Mary Reape, Ms Catherine Wilson / Ms Emily Coats सहित उनीहरुको सहयोगका लागि गएका नेपाली गाइड, बन्दोबस्तीका सामान बोक्ने भरीया, भान्छे समेत गररेर १२ जना नेपाली रहेका छन्।

संसारको सातौ अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुदै मुस्ताङ प्रवेश गरेका उनीहरु हिमपातका कारण बिच बाटोमा नै अलपत्र परेका थिए । प्रजिअ भुषालले बुधबार मौसम केही अनुकूल भएकाले माथिल्लो क्षेत्रबाट पर्यटकहरू झर्दै गरेको र तलबाट थप सहयोगका लागि उद्धार टोली पठाएको बताए । उद्धार टोलीले हिउँ पन्छाउने उपकरण समेत बोकेर गएको छ ।

मौसम सहज हुदै गए गृहमन्त्रालय मार्फत हेलिकप्टरबाट समेत उद्धार गरिने भुसालले सुनाए । बुधवार हेलिकप्टर पठाउने मौसम छैन बिहिवार सम्मको मौसम हेरेर काम हुन्छ भुसालले भने ।

मुस्ताङमा गत सोमवारदेखि शुरु भएको वर्षाद संगै ठाउँठाउँमा हिउँ पर्दै गएको छ । मुस्ताङ पैदल मार्गका लागि संसारकै १० उत्कृष्ठ गन्तब्य मध्ये पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0