
न्युयोर्क, १२कात्तिक । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीका २५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिकाहरू एजेन्सीले स्थापना गरेको अस्थायी सिकाइमा सहभागी भएको पुष्टि गरेको छ ।
युएनआरडब्लुएका आयुक्त–जनरल फिलिप लाजारिनीले “युद्धविरामसँगै, युएनआरडब्लुएले भौतिक तथा अनलाइन दुवै माध्यामबाट गाजामा “ब्याक टु लर्निङ” कार्यक्रमलाई अगाडि बढाइरहेको बताए। एजेन्सीले आवाश्यकता र सम्भावनाका आधारमा यस्ता सिकाई स्थानहरूको सङ्ख्या बढाउने कार्य जारी राख्ने कुरामा उहाँले जोड दिए।
युएनआरडब्लुएले गाजा पट्टीका करिब ३ लाख बालबालिकासम्म पुग्ने उद्देश्यले कक्षा सञ्चालन गरिरहेको लाजारिनीले बताए। साक्षरता र शिक्षाले पिडित बालबाललिकाहरुको जिवन निर्वाहको महत्वपुर्ण आधार तय गर्नें लाजारिनीले सामाजिक सञ्जाल एक्स मार्फत जनाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























