नारायण शर्मा, नवलपरासी, ७ भदाै । आफनै घरमा नेपाली कांग्रेस मध्यबिन्दु नगर कमिटिको कार्यालय राखेर राजनिति गरिरहेका नगर सभापति दोमन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी प्रबेश गरेका छन ।

नेपाली कांग्रेस मध्यबिन्दु नगरपालिकाका पार्टी सभापति भण्डारी बिहिवार रास्वपाको केन्द्रिय कार्यालयमा गएर पार्टी प्रबेश गरेका हुन । जिल्लाका युवाहरु बिच लोकप्रिय छवि बनाएका भण्डारी फुटवल खेलाडि समेत हुन ।

तिनदिन अघि आफनै नगरकमिटिका उपाध्यक्ष जितु थापालाई कार्यबहाक सभापतिको जिम्मेवारी सुम्पिएर थापा रास्वपा प्रबेश गरेका हुन । लगातार दुई कार्यकाल नेपाली कांग्रेसको मध्यबिन्दु नगर कमिटिको सभापतिको जिम्मेवारीसम्हालेका थापाले कांग्रेस छोडेपछि जिल्लाको कांग्रेस राजनितिमा खैलाबैला मच्चिएको छ ।

उहाको घरमै कांग्रेसको नगर समितिको कार्यालय पनि थियो नेपाली कांग्रेस नवलपरासीका उपसभापति चन्द्रबहादुर रानाले भने आफनै कमिटिका उपसभापतिलाई तिनदिन अघि कार्यबहाक सभापतिको अर्कै पार्टीमा गएको खबर आयो रानाले भने पद हस्तान्तरण गरेर घरमै रहेको पार्टी कार्यालयको तालाचापि समेत बुझाएर अन्तै पोइला जानु भएछ रानाले भने अब गैसकेपछि के गर्ने त ?

रास्वपा प्रबेश गरेका थापाले आफु सहित केहि एमाले कांग्रेसवाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरुसमेत रास्वपामा जान तम्तयार भएको दावी गरे ।

फुटवल खेलाडि भण्डारी युवाहरु बिच जिल्लामा लोकप्रिय मानिन्छन्।

दुई साता भित्र कांग्रेसको दलिय जिम्मेवारी छोडेर रास्वपा प्रबेश गर्ने थापा तेश्रा ठूला र चर्चित नेता हुन । यसअघि नेपाली कांग्रेसका महासमिति सदस्य गोकुल सापकोटा र ट्रेड यूनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष ललित श्रेष्ठ रास्वपामा गएका थिए । पूर्वी नवलपरासीमा एमाले र कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेशको लहर नै चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0