पाेखरा, ४ भदाै । कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ स्थापना दिवसको अवसरमा बुधबार पाेखराकाे पालीखेचोकमा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, कास्की र कलम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना गरिएकाे संयुक्त रक्तदानमा ८७ यूनिट रगत संकलन भएकाे छ ।

सम्पन्न १२ औ खुल्ला रक्तदान कार्यक्रम कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनोहरी सापकोटाको अध्यक्षता र पोखरा महानगर पालिका वड़ा न ९ का अध्यक्ष दीपेन्द्र मर्सानीकाे प्रमुख आतिथ्यतामा गरिएकाे हाे ।

प्रमुख अतिथि मर्सानीले पहिलो रक्तदाता कलम साकोसका लेखा परीक्षक रुद्रनाथ पौडेललाई ब्लड ब्याग हस्तांन्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठी, पोखरा पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष तथा कलम सहकारीका संस्थापक अध्यक्ष प्रेम बहादुर श्रेष्ठ, पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका अध्यक्ष गोबिन्द गौतम, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले शुभकामना व्यक्त गरेका थिए ।

कलम बचत तथा ऋण सहकारी संस्था तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका ब्यवसायीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रम पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका सचिव राम प्रसाद सुबेदीले संचालन र कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष रमेशराज बरालले स्वागत गरेका थिए ।

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका उपाध्यक्ष तथा रक्तदान कार्यक्रम संयोजक सञ्जय आचार्यले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0