
काठमाडौँ, २५ जेठः आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक प्रतियोगिताको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेकाे छ ।
स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले ४० ओभरको खेल खेल्दा ५ विकेट लिएकाे छ । पहिलो विकेट करण केसीले लिएका हुन्। ओपनर जर्ज मुन्सेलाई शून्य रनमा आउट गरे ।
नेपालले जारी प्रतियोगिताको यसअघिको खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको जित निकालेको थियो । साथै नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो । प्रतियोगितामा नेपाल र स्कटल्याण्ड दुवैको यो तेस्रो खेल हो ।
स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ । स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । विभिन्न आठ टोली सहभागी लिग–२ मा स्कटल्याण्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा छ भने नेपाल १४ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको सातौं स्थानमा छ ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरीका साथै आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र सोमपाल कामी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























