काठमाडौं, २५ जेठ । एक सातामै सरकार घरजग्गा कारोबार गर्दा अनिवार्य रुपमा खरदिकर्ता र बिक्रीकर्ताले बैंक स्टेटमेन्ट पेस गर्नुपर्ने निर्णयबाट पछि हटेकाे छ । संशोधन गरिएकाे व्यवस्थामा अब घरजग्गा कारोबार गर्दाका बखत् बैंक स्टेटमेन्ट नचाहिने भएकाे हाे ।

सरकारकाे निर्देशनबाट बैंक स्टेटमेन्टसम्बन्धी व्यवस्था हटाइएको छ । खरिदकर्ता, बिक्रीकर्ता र एजेन्ट कम्पनीका सञ्चालकले अनिवार्य रुपमा केवाईसी फाराम भर्नुपर्ने व्यवस्था पनि निर्देशनले हटाएकाे छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ २० गते घरजग्गा कारोबार गर्दाकाे बखत् खरिदकर्ता र बिक्रीकर्ताले बैंक स्टेटेमन्ट अनिवार्य गर्नुपर्ने निर्देश गरेकाे थियो ।

एक सातामै सरकारले निर्णय सच्याएको छ । जाे प्रधानमन्त्री कार्यालयको निर्देशनमा सच्याइएको हो । बैंक स्टेटमेन्ट चाहिने व्यवस्था गरिएपछि यसकाे चर्काे विराेध भएकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0