पोखरा,७ मंसिर/ पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा ३ दिने बार्षिक खेकुदका कार्यक्रमहरु शुरु भएका छन् । सोमवारबाट शुरु भएका खेलकुदका कार्यक्रम बुधवार सम्म सञ्चालन हुने बिद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए ।
खेलकुदका कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहनेछ । बिद्यालयमा स्थापना भएको गेम्स एण्ड स्र्पोट्स कल्वको आयोजनामा हुने खेलहरुमा बास्केटबल,भलिबल,टेबल टेनिस, ब्याडमिन्टन,छेलो र फुटसलका खेलहरु समावेश हुने खेल शिक्षक ऐन्जल पुनले बताए । उक्त खेलहरु बिद्यालयमा,इलाइट भलिवल एकेडेमी नदिपुर र शाक्य समाज भवन नदिपुरमा हुनेछन् ।

विद्यालयका प्राचार्य सन्द्रराज श्रेष्ठ, प्रशासनिक प्रमुखहरू चित्र गुरुङ र झम गुरुङ, अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङ, प्लस टु संयोजक गोबिन्द सुवेदी, गेम्स एण्ड स्र्पोट्स कल्वका अध्यक्ष पङकज श्रीस र बिभागिय प्रमुख रेफ्री लेखनाथ लम्साललाई संयुक्त रुपमा बल हस्तान्तरण उद्घाटन गरेका थिए ।उद्घाटन कार्यक्रममा बोल्दै अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले खेलकुदमा सहभागिता नै महत्वपूर्ण हुने उल्लेख गर्दै हारजितलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

उनले खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा सबल बनाउनुका साथै नेतृत्व क्षमता, समूहमा मिलेर काम गर्ने बानी र अनुशासनको विकास गराउने बताए ।प्रतियोगिताको पहिलो दिन भलिबल र छेलोका खेलहरु सम्पन्न भएका छन् । कक्षा १२ मा अध्ययनरत गेम्स एण्ड स्र्पोट्स कल्व अध्यक्ष पङकज श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कक्षा १२ कि छात्रा प्रिति पाइजा र सञ्चालन कक्षा १२ कै छात्रा सोनि गिरीले गरेकि हुन् । माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र माउंटेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ। यो गण्डकी प्रदेशकै निजी स्तरबाट सञ्चालित पहिलो बिद्यालय हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0