
रियाद, ४ असोज । यमनमा द्वन्द्व पुन। सुरु भएयता पहिलो पटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणपछि साउदी अरब र इरान–समर्थित हुथी विद्रोहीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले शनिबार चेतावनी दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले सैन्य द्वन्द्व बढ्न सक्ने भन्दै मध्यपूर्वबाहिर रहेका अमेरिकी नागरिकलाई यस क्षेत्रमा भ्रमण वा यात्राबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न आग्रह गरेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिल्याण्डस्थित क्याम्प डेभिडमा बिताइरहेको सप्ताहन्तको बसाइ छोट्याएर शनिबार अप्रत्याशित रूपमा ह्वाइट हाउस फर्किनुभएको छ ।
ह्वाइट हाउसले उहाँको फिर्तीको कारण भने सार्वजनिक गरेको छैन । शनिबार बिहान रियादमा दुई पटक ठूलो विस्फोटको आवाज सुनिएको थियो । एएफपीका पत्रकारले विमानस्थलनजिकै साउदी तेल कम्पनी अरामकोको लोगो भएको इन्धन ट्याङ्कीमा आगलागी भएको देखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























