
पोखरा, २२ भदाै। पोखरा उद्योग वाणिज्य संघले आफ्नो ७२ वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ। संघको सोमबार साँझ सम्पन्न ३६ औं महाधिवेशनबाट निवर्तमान महासचिव शोभा गौतम अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
तीन जना पुरुष प्रतिस्पर्धीलाई पराजित गर्दै गौतम अध्यक्षमा विजयी हुनुभएको हो। कुल २ हजार २ सय ७९ मत खसेकोमा निर्वाचित गौतमले ७ सय ५१ मत प्राप्त गर्नुभयो। उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६ सय ३७, उत्तममान बुद्धचार्यले ६ सय १ र बलराम आचार्यले २ सय ५३ मत प्राप्त गर्नुभयो। अध्यक्ष पदका लागि परेको मतमध्ये १२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
पदाधिकारीहरूमा को-को भए विजयी ?
- वरिष्ठ उपाध्यक्ष: निवर्तमान उपाध्यक्ष दिनेशचन्द्र बास्तोला १ हजार ४ सय ८१ मतका साथ विजयी हुनुभयो। उहाँले प्रतिस्पर्धी टिकाराम सुवेदी (७ सय ६० मत) लाई दोब्बर मतान्तरले पराजित गर्नुभयो।
- उपाध्यक्ष (उद्योग): सौगात थापा १ हजार २ सय ७१ मत प्राप्त गरी विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी ललितबहादुर कुँवरले ९ सय ७३ मत प्राप्त गर्नुभयो।
- उपाध्यक्ष (वाणिज्य): मनोजकुमार श्रेष्ठ १ हजार ६५ मत ल्याएर निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी भीम गौतमले ९ सय १९ मत प्राप्त गर्नुभयो।
- महासचिव: सुदीप प्रधानाङ्ग १ हजार २ सय २ मत प्राप्त गर्दै विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी तारानाथ ढुंगानाले १ हजार ४२ मत प्राप्त गर्नुभयो।
- उप-महासचिव: प्रदीप राजभण्डारी १ हजार १ सय ५३ मतका साथ निर्वाचित हुनुभयो। अन्य प्रतिस्पर्धीहरू यादवप्रसाद पोखरेलले ६ सय ५८ र रामचन्द्र तिमिल्सिनाले ४ सय ३३ मत प्राप्त गर्नुभयो।
- कोषाध्यक्ष: देवेन्द्र प्रजु १ हजार ४ सय ३९ मत ल्याएर विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी जीवनप्रकाश श्रेष्ठले ७ सय ७५ मत प्राप्त गर्नुभयो।
खुल्ला सदस्यतर्फको परिणाम
१० खुल्ला सदस्य पदका लागि १३ जनाबीच भएको प्रतिस्पर्धामा दुर्गा बराल (१,७४८), अमृत पोखरेल (१,७३१), निर्मला चापागाईं (१,५८०), गोविन्दबहादुर केसी (१,४८७), रामेश्वर अधिकारी (१,४७७), मनोहरी पौडेल (१,४७६), भानुभक्त अधिकारी (१,४५२), दीलिपकुमार श्रेष्ठ (१,४४७), रामप्रसाद कँडेल (१,४३५) र कमलबहादुर सुनार (१,४२४) विजयी हुनुभएको छ। प्रतिस्पर्धीहरू नवीन नापित (१,३४३), हरिप्रसाद अधिकारी (१,३४३) र सूर्यराज घिमिरे (१,३०३) पराजित हुनुभयो।
यसअघि नै वस्तुगततर्फका चार सदस्यमा केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा उद्योग सदस्यमा पिताम्बर अधिकारी निर्विरोध निर्वाचित भइसक्नुभएको छ।

























