काठमाडौं, १७ भदाै। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ वटा स्थानीय तहका लागि कुल १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकाहरूमा उक्त रकम पठाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बाढीलगत्तै पहिलो चरणमा रसुवा र नुवाकोटका लागि रु. १/१ करोड तथा धादिङका लागि रु. ५० लाख दिने निर्णय गरिएको थियो। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत भदौ १२ गते रु. ६ करोड ५० लाख र भदौ १६ गते थप रु. ६ करोड ५० लाख गरी कुल रु. १३ करोड ५० लाख निकासा गरिएको छ।

कुन पालिकामा कति रकम निकासा ?

रसुवा जिल्ला:

  • गोसाइँकुण्ड गाउँपालिका: रु. २ करोड
  • उत्तरगया गाउँपालिका: रु. १ करोड ५० लाख
  • कालिका गाउँपालिका: रु. ६० लाख
  • आमाछोदिङ्मो गाउँपालिका: रु. ४० लाख

नुवाकोट जिल्ला:

  • विदुर नगरपालिका: रु. ३ करोड
  • बेलकोटगढी नगरपालिका: रु. १ करोड ५० लाख
  • तारकेश्वर गाउँपालिका: रु. १ करोड
  • किस्पाङ गाउँपालिका: रु. ५० लाख

धादिङ जिल्ला:

  • गल्छी गाउँपालिका: रु. ६० लाख
  • सिद्धलेक गाउँपालिका: रु. ४० लाख
  • गजुरी गाउँपालिका: रु. ४० लाख
  • बेनिघाट रोराङ गाउँपालिका: रु. ४० लाख

गोरखा र तनहुँ जिल्ला:

  • गण्डकी गाउँपालिका (गोरखा): रु. ४० लाख
  • देवघाट गाउँपालिका (तनहुँ): रु. ४० लाख
  • आँबुखैरनी गाउँपालिका (तनहुँ): रु. ४० लाख

प्रधानमन्त्री कोषमा पौने ८ अर्ब बढी रकम यसैबिच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी हालसम्म कुल रु. ७ अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको छ।

प्राधिकरणलाई भदौ १६ गते रु. १ करोड निकासा गरिएपछि अब कोषमा रु. ६ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ। यसका अतिरिक्त प्रधानमन्त्री राहत कोषमा ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलरसमेत जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0