
काठमाडौं, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका छन्। राष्ट्रपतिले बिहीबार राती साे अध्यादेश जारी गरेका हुन ।
राष्ट्रपतिले बिहीबार नै सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए । सरकारले अन्य ४ अध्यादेश स्वीकृत हुन बाँकी नै रहेका छन्। ती अध्यादेशहरुका बारेमा राष्ट्रपतिले संविधानविद्हरुसँग छलफलमा गरिरहेका छन् ।
जारी गरिएका अध्यादेशहरू
- सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३: विकास निर्माणका कार्यलाई गति दिन र खरिद प्रक्रियामा रहेका कानुनी जटिलता फुकाउन यो अध्यादेश ल्याइएको बुझिएको छ ।
- सहकारीसम्बन्धी अध्यादेश: पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र बचतकर्ताको निक्षेप सुरक्षाका लागि आवश्यक कानुनी व्यवस्था गर्न यो अध्यादेश जारी गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























