काठमाडौं, १४ वैशाख। साताको शेयर कारोबार हुने पहिलो दिन सोमबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.४९ अंकले बढेर २७९२.१९ विन्दुमा चढेको छ । नेप्सेमा ०.१२ प्रतिशतले बृद्धि भएको छ । यसदिन ३५० कम्पनीहरुको ७८ हजार ५०८ पटकको कारोबारमा १ करोड ५ लाख ९ हजार ८ सय २७ कित्ता शेयरको कारोबार हुँदा ४ अर्ब ४९ करोड १० लाख ३९ हजार ४४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ३० करोड ४ लाख ४९ हजार ४४९ रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै पाल्पा सिमेन्ट इन्डष्ट्रिजको कारोबार शेउरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै निफ्रा ग्रिन इनर्जि डिबेन्चर ६ प्रतिशत २०८८÷८९ को शेयरमूल्य १४.०१ प्रतिशतले घटेको छ यसदिन १३ उपसमूहहरुमध्ये ८ वटामा हरियो लागेको छ । बाँकी रहेका ५ वटा उपसमूहहरुमा रातो लागेको छ । ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र सिटि होटलको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0