
पोखरा, ८ चैत । रेडियो अन्नपूर्णका मार्केटिङ म्यानेजर नारायण पौडेललाई मातृ शोक परेको छ । उहाँकी ममतामयी माता झलक कुमारी पौडेलको आईतबार ८२ वर्षको उमेरमा निधन भएको छ ।
केहि समय अगाडीदेखि अस्वस्थ भई उपचार गराउँदै आउनु भएकी पौडेलको उपचारको क्रममा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
स्वर्गिय पौडेलको आईतबार नै पोखरा २५ हेमजा, बाबियातरामा रहेकाे शुक्ला गण्डकी घाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ ।
स्वर्गिय पौडेलका तीन छोरा, तीन छोरी, १३ नातीनतिना र ५ जना पनाती र पनातिनी रहेका छन् । उहाँका श्रीमान खिमलाल पौडेलको गएको वर्ष निधन भएको थियो ।
यसैबीच रेडियाे अन्नपूर्ण ९३.४ मेगाहर्जले शाेक विज्ञप्ती जारी गरी स्वर्गिय पाैडेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शाेक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
+1
+1























