
नारायण शर्मा/नवलपरासी, २१ फागुन । नेपाली कांग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं केन्द्रिय सदस्य बिनोद चौधरी निर्वाचनमा पराजय गराउन भूमिका खेलेको आरोपमा २२ जनालाई कारबाहि गरेको छ ।
नेपाली कांग्रेसका निर्वतमान केन्द्रीय सदस्य देबेन्द्रराज कंडेल, लुम्विनी प्रदेशका वन मन्त्री देवकरण प्रसाद जयसवाल सन्तु, नेता गुणनिधि तिवारी लगायत २२ जना जिल्ला नेतालाई ५ वर्ष सम्म कांग्रेसको साधारण सदस्य समेत नरहने गरि कारबाहि गर्न केन्द्रमा सिफारिस गरिएको छ ।
बिहिवार उम्मेदवार बिनोद चौधरी र प्रदेश २ का कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भिमबहादुर थापा लाई पराजित गराउन भूमिका खेलेको आरोप लगाउदै जिल्ला अनुशासन समितिले कारबाहिकालागि केन्द्रमा सिफारिस गरेको हो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको लेटर प्याडमा बिहिवार लेखेर केन्द्रमा पठाएको पत्रमा जिल्ला अनुशासन समितिका संयोजक आनन्द ढकालले हस्ताक्षर गरेका छन्। उनले लेखेको पत्र सोझै केन्द्रीय सभापति गगन थापालाई पठाइएको छ । कारबाहि सिफारिस गरिएका सबै नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला तहका नेताहरु हुन्।
बिनोद चौधरी हार्ने निश्चित भएपछि अत्तालिएका चौधरीको आदेशमा कारबाहि गरिएको बताइएकाे छ।

























