Home main with pic टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्युटी’मा खटिइएकाे टोली सम्पर्कविहीन

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्युटी’मा खटिइएकाे टोली सम्पर्कविहीन

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्युटी’मा खटिइएकाे टोली सम्पर्कविहीन

काठमाडौं, १० भदौ। रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले टिमुरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सुरक्षित भए पनि कार्यक्षेत्र (ड्युटी)मा खटिइएको प्रहरी टोली सम्पर्कविहीन बनेको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो ।

“टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर ड्युटीमा खटिइएको टोलीसँग सम्पर्क हुनसकेको छैन”, उहाँले भन्नुभयो । प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग सम्पर्क गर्ने र स्थिति बुझ्ने प्रयास भइरहेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here