पोखरा, १५ जेठ । बरिष्ठ साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठका कविता संग्रह आज पोखरामा लोकार्पण गरिएको छ ।

पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा भिमसेनटोलस्थित नेवा छें मा आयोजना गरिएको समारोहमा सरुभक्तको सर्वहारा धरतीभरि यज्ञका काला घोडाहरु र तीर्थ श्रेष्ठको हिउँमा लेखिएका नामहरु लोकार्पण गरिएको हो ।

दुबै कविता संग्रहको बरिष्ठ कार्टुनिष्ट दुर्गा वराल वात्स्यायन, वरिष्ठ गायीका हरिदेवी कोईराला, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, परिवारका कावा अध्यक्ष लक्ष्मण थापा, साहित्यकारद्वय सुरुभक्त रु तीर्थ श्रेष्ठ र प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले लोकार्पण गरेका हुन् ।

कार्यक्रमका वरिष्ठ कार्टुनिष्ट वरालले ५० वर्ष अघिका कुरा सुनाउँदै भने, मेरो चिनजान पनि थिएन । हामीहरु मोहरियाटोलस्थित साहित्यकार विजय वजिमयको घरमा जम्मा भयौं र साहित्यिक जमघटका कुराहरु गर्यौं । त्यही भेटघाटबाट पोखरेली युवा सांस्कृतिक परिवारको जन्मको सुरुवात भएको थियो ।

जमघट बढ्न थाल्यो र कार्यक्रमहरु पनि हुन थाले तर कहिले कते भाडा तिरेर र कहिले होटलमा गएर कार्यक्रम गर्न थाल्यौं । त्यो सानो पहलबाट सुरु भएको पोयुसाप अहिले देशकै लोभ लाग्दो संस्थाको रुपमा दर्ज भएको देख्दा खुसी लाग्छ ।

त्यो बेलामा दौंतरीहरु दुबै साहित्यकारको संगत अहिलेसम्म पनि निरन्तर भईरहनु अर्को चमत्कार जस्तै लागेको उनले सुनाए पोखराको कला, साहित्य, संस्कृति र विविध आयामसंग जोडिएका हस्तिहरुको योगदान अतुलनिय रहेको उनले बताए ।

वरिष्ठ गायीका हरिदेवी कोईरालाले दुबै श्रष्टाहरुले सिर्जनामा हरेक पक्षलाई समेट्ने गरेको, हरेक भूभागलाई छुने गरेकोले पोखरालाई बनाउन उहाँहरुको महत्वपूर्ण सेतुको रुपमा रहेको बताईन् । उनले भनिन्, रह्यो कुरा दौंतरीको । अनिष्टता र मित्रताको रंगको बर्णन गरेर सकिन्न ।

कवि तीर्थ श्रेष्ठले आफ्नो बारेमा र आफ्ना मान्छेका बारेमा बोल्नु भनेको निकै गाह्रोर कठिन कुरा भएको बताए । मलाई पहाड जस्तै लाग्छ । अजंगको पहाड । त्यहाँ हरेक चिजविजहरु हुन्छन् कसरी बयान गर्नु होईन ? सरुभक्त र म वालसखा हौं र अहिलेसम्म साहित्यिक यात्रामा संगै रहेका छौं ।

उनले सो अवसरमा पोयुसाप खोल्दादेरिका कुरा, नाटक गर्दाको बेलामा दुर्गा वरालले गरेको मेकअपका कुरा, अर्जुन नेपालीले नाटकमा लाईभ भोईलिन बजाएका कुरा सुनाए । म संकगले सच्चिएको मान्छे हुँ किनभने मैले महान साथीहरुको संगत पाएँ श्रेष्ठले भने । उनले भने, अशोक पालिखे, दुर्गा वराल, हरिदेवी अनि सरुभक्त त मेरो पुस्ताको महाकवि नै हुन् मैले भन्ने गरेको छु ।

नेपालीले सबैभन्दा पहिले स्वीट्जरल्याण्डको हिमाल चढेको थिए । त्यहाँको सरकारले त्यो हिमालको ना नै गुर्खाज पिक भनेर राख्यो । सरुभक्त के कम उनलेचुली उपन्यास सोहि कथालाई आधार बनाएर पहिलो पटक पस्किए । कार्यक्रममा श्रेष्ठले सरुभक्तको चट्टान कवितार आफ्नो एकदिन शिर्षकको कविता सुनाए ।

सर्वहारा धरतीभरि यज्ञका काला घोडाहरुका सर्जक सरुभक्तले आफ्नो लिखित वक्तव्य दिदै भने म जति लेखन कार्यमा लाग्छु त्यति त्यति अक्षर र शव्दहरुको हत्या हुन्छ । साहित्यको ५० वर्षको यात्रामा लेखेरै पो बाँचियो । यो तृष्णाले हो । हामी तृष्णाको साहित्यमा हुन्थेनौ भने यहाँसम्मा आउन सकिन्नथ्यो ।

उनले भने अर्को कुरा चमत्कारिक सृष्टिका मानिसहरु हौं । सोचौं त हरेक कुराहरुमा चमत्कार छ । टुंगो लागेकै हुन्न र त्यो रहस्यको गहिराईमा भईरहनु चमत्कार नै हो । यसले झन् तृष्णा जगाईरहेको हुन्छ । सो अवसरमा श्रेष्ठले तीर्थ श्रेष्ठसंगको ३० को दशकदेखिको सहयात्रा कायम रहेको र रहिरहने बताए । उनले भने, तीर्थ तरलवादको एउटा अभियन्ता नै हो ।

४० दशकमा तरलतावादले एउटा उचाई लिएको सन्दर्भ सुनाउदै उनले उनका कवितामा बहुआयामिक कला र भाव, मुक्त विश्वास र भावको सम्पूर्णता पाईने बताए । सो अवसरमा उनले तीर्थको हिउमा लेखिएका नामहरु र आफ्नो आमा कविता सुनाएका थिए ।

पोयुसापका कावा अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रम सचिव एमडि काफ्लेले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0