पोखरा, २७ पुस । पोखरा ३ नदीपुरमा अवस्थित पोखराको अग्रणी मन्टेसरी फूलवारी मन्टेसरी कटेजले आइतबार आफ्नो २६औं वार्षिकोत्सव तथा ११औं स्पोर्टस् डे भव्यतासाथ सम्पन्न गरेको छ ।

कार्यक्रम प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३ का निवर्तमान अध्यक्ष रविन्द्र बहादुर प्रजु, प्रिन्सिपल अरुणा शेरचन, विद्यालय प्रमुख निर्देशक जिवन कुमार शेरचन लगायतले बेलुन उडाएर उद्घाटन गरिएको थियो । सो अवसरमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको फोटोमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजुले फुलवारी मन्टेसरी कटेजको २६औँ वार्षिक उत्सव तथा ११औँ स्पोर्ट्स डे जस्तो महत्वपूर्ण अवसरमा उपस्थित हुन पाउँदा अत्यन्तै खुशी लागेकाे बताउनु भयाे । मन्टेसरी शिक्षा बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास र व्यवहारिक सीप विकास गर्ने सशक्त आधार हो, र फुलवारी मन्टेसरीले यो यात्रामा प्रशंसनीय योगदान दिएको छ उहाँले भन्नुभयाे।

स्पोर्ट्स डे ले नानीहरूलाई अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना सिकाउने विश्वास लिएको छु। सहभागिता, प्रयास र सिकाइ नै सबैभन्दा ठूलो उपलब्धि हो। कार्यक्रमका लागि व्यवस्थापन टिम, शिक्षक–शिक्षिका तथा अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। नानीहरूको उज्ज्वल भविष्यको कामना गर्दै, सबैलाई सफल र प्रेरणादायी उत्सवको शुभकामना व्यक्त गर्दछु प्रजुले भन्नभयाे।

फुलवारी मन्टेसरी कटेजको २६औँ वार्षिकोत्सव तथा ११औँ स्पोर्ट्स डे “Run, Jump and Play” भन्ने नाराका साथ आयोजित कार्यक्रममा बोल्दै प्रिन्सिपल अरुणा शेरचनले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयाे ।

विगत २५ वर्षदेखि प्रेम, आत्मविश्वास र अनुशासनमा आधारित शिक्षामा जोड दिँदै आएको जानकारी गराउदै उहाँले कार्यक्रममा सहभागी बालबालिकाहरूलाई सबै विजेता भएको भन्दै प्रयास र सहभागिताको लागि प्रशंसा गर्नुभयाे ।

उहाँले विद्यालयले आगामी शैक्षिक सत्रदेखि काठमाडौंस्थित Play Nepal सँग सहकार्य गरी खेलकुद गतिविधिलाई अझ व्यवस्थित बनाउने घोषणा पनि गर्नुभयाे । कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने शिक्षक, अभिभावक, व्यवस्थापन समिति, स्वयंसेवक तथा सहयोगी विद्यालयप्रति धन्यवाद व्यक्त गर्नुभयाे।

यसअघि कार्यक्रममा सहभागिलाई कक्षान ३ का विद्यार्थी नाेभा गुरुङ र आराेन अचार्यले स्वागत गरेका थिए । सो अवसरमा टोडलरदेखि ३ कक्षासम्मका विद्यार्थीले मार्चपास, स्वागत नृत्य प्रस्तुत गरेका थिए । उनीहरुले समूहगत रुपमा विभिन्न खेल, कलाकौशसल देखाए भने अभिभावकसंगै खेल पनि खेलेका थिए ।

कार्यक्रममा पाेखरा महानगरपालिकाका शिक्षा अधिकृत जिवन प्रसाद शर्मा, लेक्चर नम्रता थापा पाैडेल, डा जमुना गुरुङ, कलाकार दुर्गा बराल वात्स्यायन तथा विजयपुर व्यारेकका कर्णेल नराेत्तम पाैडेल  लगायतकाे विशेष उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमको संचालन शिक्षक सुनीता बास्ताेलाले गर्नुभएको थियो भने विद्यालयका प्रमुख, निर्देशक ई.जिवन कुमार शेरचनको अध्क्षतामा भएको थियो । समापन ‘जहाँ सुनका बाला झुल्छन्…त्यहि हो मेरो देश’ बोलको राष्ट्रिय गीतसंगै गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0