
काठमाडौं, २५ पुस । साताकाे सुनचाँदीकाे काराेबार हुने छैंटौ दिन शुक्रबार नेपाली बजारमा सुनकाे भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ । सुन प्रतिकित्ता २ हजार १०० रुपैयाँले बढेको छ । चाँदी प्रतितोलामा ५५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन ताेलाकाे २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीकाे भाउ तोलामा ५५ रुपैयाँ घटेको छ । यसरी घटेकाे चाँदी यसदिन प्रतितोला ४ हजार ७८० रुपैयाँमा काराेबार भइरहेकाे छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा काराेबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























