पोखरा, १७ पुस । नेवाः मिसा पुचः कास्कीले पुस १९ गते झ्व भ्वय कार्यक्रम आयोजना गर्ने जानकारी दिएकाे छ । नेवाः मिसा पुचः कास्कीको आयोजनामा नेवारी सांस्कृतिक उत्सव झ्व भ्वय चौथो पटक शनिबार पाेखरामा हुने विहीबार पत्रकारमार्फत जानकारी दिइएको हो ।

नेवाःमिसा पुचःले संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्दनका लागि हरेक ३/३ वर्षमा यस्ताे कार्यक्रम गर्दै आएको पुचःका अध्यक्ष संगीता बज्राचार्यले बताइन्।

नेवारी समुदायमा परम्परादेखि चलिआएको प्रचलनलाई युवा पुस्तामाझ परिचित गराउँदै नेवारी खाना संस्कृतिमा अभ्यस्त गराउनु कार्यक्रम उदेश्य रहेकाे पनि बताइन्।

कार्यक्रम पाेखरा भीमसेनटोलमा रहेकाे नेवा छेँमा शनिबार आयोजना हुने गरिनेछ । पारम्परिक नेवारी भोजमा लाइनमा बसेर खाने चलन रहेकाे छ । भाेजमा १५ सय बढी सरिक हुने अध्यक्ष बज्राचार्यले जानकारी दिइन् । जहाँ नेवारसहित अन्य समुदायकाहरु पनि सहभागी हुनेछन् ।

भाेजकाे छुट्टै प्रणाली र चरण रहेका छन् । सहभागीलाई सुरुमा नेवारी संस्कार, संस्कृति अनुसार लहरै राखेर वासा सगुन र औषधीका रुपमा दिएर स्वागत गरिन्छ । दाेश्राे चरणमा सुख्खा खानाका परिकारहरु रहन्छन्, ग्रेभी परिकार, झोलिलो परिकारहुँदै खाएपछि अन्त्यमा चुसीफुसी खुवाएर बिदाई गरिने बज्राचार्यले बताईन् ।

जाडो महिना पुसमा एकपटक भोज अनिवार्य भएकाले पनि झ्व भ्वयको अत्यन्त महत्व रहेको छ । संस्कार, संस्कृति जोगाउनका लागि हाे र पर्यटकीय राजधानी पाेखराका लागि याे पर्यटन प्रवद्र्दनका लागि पनि महत्वकाे विषय भएकाे बताईन् ।

यस अवसरमा सांगीतिक र सांस्कृतिक कार्यक्रम कार्यक्रम संयोजक तथा नेवा मिसा पुचःकी उपाध्यक्ष शान्ती प्रधानाङ्गले जानकारी दिईन् । कार्यक्रममा काठमाडाैबाट गायीका निसा देशार, पाेखराबाट इतु र रामभक्त जाेजीजु गायतका कलाकारहरुकाे प्रस्तुती रहने भएकाे छ ।

साे अवसरमा नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाःमिसा पुचले आयोजना गर्न लागेकाे झ्व भ्वय कार्यक्रमले नेवारी भाषा, संस्कार, संस्कृति संरक्षणका लागि महत्वपूर्ण सहयाेग हुने बताए । नयाँ पुस्ताका लागि झ्व भ्वय सिकाइकाे थलो हुने बताए ।

भोजको मुख्य प्रायोजन फिस्टेल आईभिएफ फर्टिलिटी सेन्टर गैह्रापाटन र विशेष सहयोगीमा पोखरा महानगरपालिका वडा नम्बर–९ रहेको महासचिव किरण बिजुक्षेले जानकारी दिएकीछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0