काठमाडौं, १७ पुस । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनमा रुपैयाँ १४ सय तथा चाँदीमा रुपैयाँ ५५ ले भाउ घटेको हो ।

छापावाल सुनमा रुपैयाँ १४ सयले घटेर तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार पहेलो धातु छापावाल सुन तोलाको रुपैयाँ २ लाख ६१ हजारमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५५ ले घटेर तोलाको ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको ४ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0