
पोखरा, १० मंसिर । पोखराको गैह्रपाटनमा रहेको पोखरा इन्टरनेट प्रा.लि र पोखरा रानिपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच स्वास्थ्य जाँच सुविधा योजनामा बुधवार सम्झौता भएको छ।
सम्झौतापत्रमा मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालक अधिकृत प्रकाश बिक र पोखरा इन्टरनेटका सिओओ कृष्ण सुवेदीले हस्ताक्षर गरेका हुन् । सम्झौताले इन्टरनेटमा काम गर्ने कर्मचारीलाई स्वास्थ्य सेवामा सहयोग पुग्ने बिकले उल्लेख गरे ।
अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजनामा अस्पताल र इन्टरनेटबीच सम्झौता भएको इन्टरनेटकि एच आर रोश्नी गुरुङले जानकारी दिइन् ।
मेडिप्लस हस्पिटलका मार्केटिङ म्यानेजर साेभाखर पाण्डेले यस सम्झौताकाे लाभ दुबै संस्थाका कर्मचारीले पाउने र सेवालाइ प्रभावकारी बनाइने बताए ।
सम्झौता अनुसार पोखरा इन्टरनेटका कर्मचारीहरुले संस्थाको परिचयपत्रको आधारमा वेड चार्जमा र ल्यावमा २५ प्रतिशत र अप्रेसनमा १५ प्रतिशत छुट पाउनेछन् ।
यस्तै अन्य आवश्यक सेवाको लागि हस्पिटलले फ्रिमा एम्बुलेन्स उपलब्ध गराउने र पोखरा इन्टरनेटको हरेक बहिरि कार्यक्रममा फ्रि हेल्प डेक्स उपलबध गराउने भनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।





















