काठमाडौं, १० मंसिर। साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार पनि नेपाली शेयर बजार उकालाे लागेकाे छ । नेप्सेकाे उकालाेकाे यात्राले लगानीकर्ताहरु उत्साही भएका छन् ।

नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.५४ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंकले बढेको छ।

यसदिन कारोबार रकममा बृद्धि भएको छ। हिजाे ५ अर्ब ८२ करोड बराबरको काराेबार भएकाेमा बुधबार ३२२ वटा कम्स्टपनीहरुकाे ९१ हजार ७०५ पटकको शेयर कारोबार हुँदा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख २० हजार कित्ता शेयर किनबेच भएकाे छ।

आज झापा इनर्जी, सागर डिष्लिटरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयरमा सकारात्मक सर्किट लागेकाे छ। रिभर फल्स पावरको शेयरमूल्य साढे ९ प्रतिशत बढी बढेको छ । महुली लघुवित्तको शेयरमूल्य ९ प्रतिशत बढी बढेको छ भने बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य ३.९४ प्रतिशतले घटेको छ।

कारोबारकाे आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट अगाडी रहेकाे। कम्पनीको ६२ करोड ४३ लाख ४३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको हाे । शिवम् सिमेन्ट्सको साढे २६ करोडकाे र हिमालयन डिष्टिलरीको २३ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ ।

१३ उपसमूहहरुमध्ये ८ उपसमूहहरुमा हरियाे लागेकाे छ । बाँकी रहेका ५ उपसमूहमा राताे लागेकाे छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.९९ प्रतिशतले बढेको छ। वित्त, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको देखिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0