
काठमाडौं २४ कात्तिक । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली बजारमा सुनचाँदीकाे भाउ बढेकाे छ । सुन प्रतितोला दुई हजार ९०० रुपैयाँले र चाँदी तोलामा ५० रुपैयाँले बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए अनुसार यसदिन छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य निरन्तर चौथो दिन बढेको हो । त्यस्तै, चाँदी तोलामा ५० रुपैयाँ बढेको छ । आज सोमबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























