पाेखरा, १३ कात्तिक । राष्ट्रिय भूमि अधिकार मञ्चले भूमि समस्या समाधान आयोग खारेज भएकोमा दुःख व्यक्त गर्दै सरकारलाई ७ बुँदे मागपत्र बुझाएको छ ।

मञ्चले हालसम्म भए गरिएका कामको समिक्षा एवं भावि रणनीतिका बारेमा चासाे राख्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, कास्की जिल्ला मालपाेत र नापी कार्यालय मार्फत मागपत्र बुझाएको हाे।

आफ्ना मागहरु तथा हकअधिकारलाई छिन्ने कुनै प्रकारका गतिविधि भएमा त्यसको सार्वजनिकिकरण गर्ने मञ्चका अध्यक्ष प्रेम बहादुर गुरुङद्वारा जारी पत्रमा उल्लेख छ ।

मञ्चले भूमि समस्या समाधान आयोग जिल्ला समितिले गरेको कामको प्रगति र खर्च तत्काल सार्वजनिक गर्न र संचारममाध्यमलाई उपलव्ध गराउन माग गरेको छ ।

आयोगको जिल्ला समितिको कामबारे सरोकारवालाहरुसंग छलफल गर्न र अबको विकल्पका बारेमा छलफल गर्न माग गरिएको छ ।

सो अवसरमा केन्द्रीय अध्यक्ष ल्याम बहादुर दर्जि, केन्द्रीय सदस्य निर्मल नेपाली, कन्या गुरुङ, प्रदेश अध्यक्ष राम बहादुर लामिछाने, कोषाध्यक्ष धन कुमारी गुरुङ लगायतको उपस्थिति थियो ।

मागपत्रको पूर्ण विवरण पढौं

विषयः समीक्ष एवं भावी रणनीति सम्बन्धमा मागपत्र पेश ।

राष्ट्रिय भूमि अधिकार मञ्चसँग आवद्द जिल्ला भूमि अधिकार मञ्च भूमिहीन, जोताहा, मोही, पूर्व-कमैया, हलिया, हरवा-चरवा, साना किसानलगायत भूमि अधिकारबाट वञ्चितहरूको जनसंगठन हो । वि.सं. २०६१ सालदेखि आफ्नो भूमि अधिकार सुनिश्चित गर्न आफ्ना सदस्यलाई सचेत तुल्याउने, अधिकार प्राप्तिमा अभियानमार्फत सहजीकरण गर्ने र भूमि अधिकारका सवालमा तथ्यमा आधारित वकालत गर्दै आइरहेका छौ। भूमि अधिकारबाट वन्चितको लागि जिविकोपार्जनको मूल आधार भूमि हो, तर पनि नेपालमा करिव ३ लाख परिवार भूमिहीन र १२ लाख परिवार अव्यवस्थित बसोबासी छन् । जसमध्ये कास्की जिल्लामा करिब २४ हजार घरपरिवारहरु समस्यामा रहेका छन्।

गुठी र निजी जग्गाका वास्तविक जोताहाले मोही हक पाउन सकेका छैनन् । कम्तीमा भूमि समस्या समाधान आयोग मार्फत भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानको प्रक्रिया अघि बढिरहेको अवस्थामा फेरी पनि भूमि समस्या समाधान आयोग खारेज भएकोमा हामी दुखित छौं। भूमिहीनका समस्या समाधानका लागि स्थानीय तह, वडा, पालिका र जिल्ला आयोगसम्मका संरचनाले विधिअनुसार लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँचमा ठूलो परिश्रम र स्रोत लगानी गरेका छन् । यस प्रक्रियामा जिल्ला भूमि अधिकार मञ्चले पनि आफूले सकेको योगदान दिएको थियो। यसबीचमा भुइँतहका नागरिकहरूले ती प्रकियामा खर्चिएको श्रम, समय, स्रोत समेत व्यर्थ हुने स्थिति आएको छ। भूमि समस्या समाधान आयोग जिल्ला समितिमा यहाँले सदस्य-सचिवको रूपमा महत्वपूर्ण जिम्मेवारी वहन गर्नु भएको थियो ।

आयोग खारेज भएतापनि यस जिल्लामा भएका प्रगति र आगामी दिनमा यस कार्यलाई टुंगोमा पुर्याउन यहाँको भूमिका अड़झै पनि महत्वपूर्ण रहने हाम्रो ठम्याई छ। संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि भूमिहीनहरुले जग्गा प्राप्त गर्न सकेका छैनन् । हामीले निबेदन दिएको पनि पाँच बर्ष बिति सकेको छ । जग्गा वितरणको लक्ष्य अब के हुन्छ ? यसको जिम्मेवारी कसले लिने हो ? हामी माथि अन्याय भएको छ। न्याय नपाउन्जेल हामी रोकिने छैनौं।

कानुनी रुपमा समेत सुनिश्चित भएको भूमि हक प्राप्तिको लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्ने अनुरोधका साथ हामी निम्न मागहरू प्रस्तुत गर्दछौंः

१. भूमि समस्या समाधान आयोग जिल्ला समितिले गरेको कामको प्रगति र खर्च तत्काल सावजनिक गरियोस् र संचार माध्यमलाई उपलब्ध गराइयोस् । सन्तोष २. आयोगको जिल्ला समितिको कामबारे सम्बन्धित सबै सरोकारवालाको सहभागितामा छलफल गरियोस् र अबको विकल्पका विषयमा पनि छलफल गरियोस् । कसको र के कति कारणले काम हुन् नसकेको हो भन्ने आलोचनात्मक समीक्षा गरियोस् । ३. सङ्‌कलित लगत तथ्याङक व्यवस्थापन प्रणालीमा प्रविष्टिकरण सम्पूर्ण लगत र अन्य अभिलेख सुरक्षित गरियोस् । गर्ने र प्रमाणिकरण गर्ने कार्य नरोकियोस् । ८. नापीबाट प्रवाह हुने सेवालाई सरल र सहज बनाइयोस् । 1. भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरु पहिलै देखि बसोवास गरेको जग्गा बसोवास गरेको भन्दा पछिल्लो मितिमा दर्ता भएमा उक्त दर्ता तुरुन्त बदर गरियोस् । ६. भुमि सम्बन्धी (आठौं संशोधन) ऐन २०६७/१०/२८ को ५२ ख को उपदफा (४) मा उल्लेखित जग्गामा बसोबास गरी आएका अव्यवस्थित बसोवासीहरुलाई मापदण्ड बनाई निती निर्माण गरी स्थानान्त्रण गरी व्यवस्थापन गरियोस् । ७. भुमि सम्बन्धी समस्या समाधान गर्ने क्रममा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र सुकुम्बासीमा बसोवास गरेका अव्यवस्थित बसोवासीहरुलाई संगसंगै व्यवस्थापन गरियोस् । अन्त्यमा, हामी अधिकारवालाको हैसियतले यहाँ र नापी कार्यलयको सक्रिय र सकरात्मक भूमिकाको अपेक्षा गर्दछौ। यदि हाम्रो हक छिन्ने कुनै गतिविधि भएमा वा भएको लागेमा सोको सार्वजनिकीकरण गर्नेछौं । जयभूमि ! प्रेम बहादुर गुरुङ अध्यक्ष राष्ट्रिय भूमिअधिकारी मञ्च नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0