नारायण शर्मा/नवलपरासी, १३ कात्तिक । पूर्वी नवलपरासीको पहाडि भेगमा उत्पादन हुने सुन्तला यस वर्ष ६० रुपैया किलोमा बारीमा बिक्रि शुरु भएको छ ।

बुलिंटार र बौदीकाली गाउपालिकामा कात्तिक दोश्रो साता उत्पादन भएको सुन्तला प्रतिकिलो ६० रुपैयामा बिक्रि भएको हो । यहाँको राइकोट, बोबोक, लापे लगायतका गाउँबाट किसानले चाड मान्न हरीयो सुन्तला बिक्रि शुरु गरेका हुन्।

स्थानीय टोपबहादुर शारु मगरका अनुसार आउदो एकादशी मान्न किसानहरुले नपाकेकै सुन्तला टिपेर ब्यापारीलाई बिक्रि गरेका हुन्। त्यहाँबाट ल्याइएका सुन्तला कावासोती, दल्दले, रजहर र गैडाकोट लगायतका बजारमा प्रतिकिलो एक सयमा बिक्रि हुने गरेको छ ।

तनहुँ र पाल्पासंग सिमाना जोडिएका पहाडी भेगमा सुन्तला खेती राम्रो हुने गरेको छ । अधिकांस मगर समुदायको बाहुल्यता रहेको यो भेगका सुन्तला काठमाण्डौ, पोखरा र भारतीय बजारसम्म पुग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0