
इन्डियन आइडलकाे तेस्रो संस्करणका विजेता गायक प्रशान्त तामाङको दिल्लीमा निधन भएकाे छ । उनकाे हृदयघातका कारण निधन भएको बताइएकाे छ ।
हाल उनी दिल्लीमा बस्दै आएका थिए । चलचित्रकर्मी राजेश घतानीले उनकाे दिल्लीमा रहेकाे उनकै निवासमा आज निधन भएको हो । नेपाली भाषि तामाङ इन्डियन आइडल हुँदाकाे समयमा नेपाल, भारत तथा नेपाली भाषि बसाेबास भएका देशहरुमा बेसि चर्चामा थिए ।
उनले गायका गीतहरु निकै चर्चामा रहेका छन् । उनका नेपाली फिल्मका गीतहरु पनि च्र्चामा रहेका छन् भने अभिनय पिन रुचाइएकाे थियाे । उनले गाेरखा पल्टन फिल्ममा शिर्षक गीत गाउनुका साथै अभिनय पनि गरेका छन् ।
हाल तामाङ अभिनेता सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ मा अभिनय गरिरहेका थिए । साे फिल्म निर्माणारत रहेकाे छ। उनको निधनले संगीत तथा चलचित्र क्षेत्र शोकमा परेकाे छ। उनका प्रशंसकहरूले सामाजिक सञ्चाजमा श्रद्धाञ्जली दिदै दु:ख व्यक्त गरेका छन् ।























