Oplus_131072

पाेखरा, १० जेठ । मुक्तककार उषा शेरचनकाे ‘त्रासदीका हिमनदी’ मुक्तक संग्रहकाे आज पाेखरामा विमाेचन गरिएकाे छ ।

पाेखरेली युवा सांस्कृतिक परिवारले आयाेजना गरेकाे साे समाराेहमा उपस्थित भएका सबैले हात हातमा पुस्तक लिएर एकैसाथ विमाेचन गरिएकाे थियाे ।

कार्यक्रममा सहभागी सबैलाई प्रमुख अतिथि बनाईएकाे थियाे भने उपस्थित सबैले एकसाथ पुस्तककाे विमाेचन गरेका हुन् ।

पुस्तककाे समीक्षा गर्दै मुक्तकमै विद्यावारिधी गरेका साहित्यकार, समीक्षक डा मुरारि पराजुलीले उषा शेरचन एक शसक्त हस्ताक्षर भएकाे बताए ।

पाेखरालाई मुक्तककाे शहर भनिदै आएकाेमा पराजुलीले भने, पाेखरा यतिमा नभएर मुक्तककाे मक्कामदिना र जेरुसेलम हाे ।

मैले पनि पाेखराबाट धेरै सिक्ने अवसर पाएँ । अध्ययन र शाेध खाेजका लागि मैले पनि मन पराए ठाउँ हाे ।

नेपाली साहित्यकारहरुमा पहिलाे मुक्तक प्रकाश गर्ने नारि श्रष्टा उषा शेरचन रहेकाेमा खुसी । गर्वकाे कुरा भएकाे बताए ।

नवाैं शताब्दीमा अलंकार प्रकरणमा मुक्तकका बारे लेखिएकाे उनले बताए । मुक्तक सुन्ने बित्तिकै जिरिङ्ग हुने हुनुपर्छ । एक श्लाेककाे कविता हाे मुक्तक । एउटा प्याराग्राफ ।

अहिले रुवाई शैलीका मुक्तक प्रचलनमा छन् । तर यति मात्रै हाेईन । वेदकालिन समयदेखि श्रुति परम्पराबाटै मुक्तककाे विकास भएकाे हाे उनले भने ।

मुक्तककार शेरचनका मुक्तकमा राजनीतिबाट प्रताडित भावहरु, सत्ता, व्यवस्था परिवर्तन भईरहे पनि जनताकाे अवस्था परिवर्तन नभएका कुरा समेटिएकाे बताए ।

प्रणयकाे शिष्टता भेटिन्छ । सारमा जीवन संघर्ष भएकाेले आशाकाे संचार गरेकाे बताए । शेरचनका मुक्तकले जिवनवादी प्रेरणा दिएका उल्लेख गरे।

निवन्धकार कुमारी लामाले रचनामा विविधता रहेकाे बताईन्। उहाँ उदार व्यक्तित्व हाे र अहिले ७० वर्षको उमेरमा पनि निकै सक्रिय हुनुहुन्छ ।

काेशी प्रदेशकी सांसद तथा लेखक मीना श्रेष्ठले आमा पुस्ताकाे दिदी र हामी छाेरी पुस्ताहरुकाे संगत बयान गर्न नसिकने खालकाे भएकाे बताईन् ।

लेखक, साहित्यकार सरस्वती प्रतीक्षाले कार्यक्रम सहभागिता, समतामूलक रहेकाे र पाेयुसापकाे ४८ वर्षकाे इतिहासमा शेरचनकाे दाेश्राे मुक्तक संग्रह पाउनु हाम्रा लागि अहाेभाग्य भएकाे बताईन् ।

बरिस्ठ गायिका हरिदेवी काेईरालाले ३४, ३५ सालमा विवाह गरेर आउदा शेरचनसंग भेट भएकाे र त्यसपछि साहित्यिक संगतले निरन्तरता पाईरहेकाे बताईन् । साे अवसरमा उनले उषाका नाममा माईती देश आईन चेली उषा मुस्कुराउदै….बाेलकाे गीत गाईन् ।

कवि तीर्थ श्रेष्ठले पाेखराले २०३५ मा टिकटमा मुक्तक सुरु गरेकाे सुनाए । त्याे समयमा प्रमुख अतिथि हरिभक्त कटुवाल थिए । हरिभक्तकाे प्रभाव र शैलीलाई हामीले पछ्याएका हाैं उनले भने । थियाे । रुवाईया शैलीका लेख्न सक्याैं ।

साहित्यकार सरुभक्तले गाउँ गाउँमा सरकार भए पनि केन्द्रीकृत मानसिकता हटेकाे बेलामा काठमाडौं बाट पाेखरामा आएर पुस्तककाे विमाेचन गर्नु ठूलाे उपलव्धि भएकाे बताए ।

३० काे दशकमा टिकटमा मुक्तक सुरु गयाैं । तर निन्तरता दिएका छाैं त ? मुक्तक मञ्च नै गठन भएकाे छ । तयसलाई कसरी निरन्तरता दिने ? प्रश्न खडा भएकाे बताए ।

पुस्तकका लेखक उषा शेरचनले पाेखराबाट लेखन सुरु गरेकाे र अहिले दाेश्राे कृतिकाे विमाेचन माईती देशमा गर्न आएकने बतनईन् । उनले भनिन् अब मैले मुक्तकबाट बिट मारें।

कार्यक्रम पाेयुसापका कार्यवाहक अध्यक्ष लक्ष्मण थापाकाे अध्यक्षतामा भएकाे थियाे भने संचालन सचिव एमडि काफ्लेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0