काठमाडौं, ३० असाेज । साताको शेयर काराेबार हुने पाँचाै दिन बिहिबार पनि नेपाली शेयर बजारमा नकारात्मक लय देखिएकाे छ । साताकाे अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको लगातार याे तेश्राे दिन हाे ।

नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.७३ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१६ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले घटेको छ।

यसदिन पनि काराेबार रकममा उल्लेखनिय बृद्धि भएकाे छैन । तर अघिल्लाे दिनकाे तुलनामा भने केहि बढेकाे छ । बुधबार ३ अर्ब १० करोडको शेयर खरिदबिक्री भएको थियाे । बिहिबार ३११ कम्पनीहरुकाे ३६ हजार ५३१ पटकको कारोबार हुँदा ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँबराबरको ७६ लाख ४३ हजार कित्ता शेयर काराेबार भएकाे छ।

हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा बढी ९.९३ प्रतिशतले बढेको छ। कालिका लघुवित्तकाे शेयरमूल्य साढे ५ प्रतिशत बढी बढेको छ । बाँकी कम्पनीहरुकाे वृद्धिदर ४ प्रतिशतभन्दा तल रहेकाे छ। समाज लघुवित्तको शेयरमूल्य १० प्रतिशतले घटेको छ।

कारोबारकाे आधारमा मुक्तिनाथ विकास बैंक अगाडी रहेकाे छ। बैंकको १५ करोड ३० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको १३ करोड रुपैयाँ र शिवम् सिमेन्ट्को ११ करोड रुपैयाँ बराबरकाे काराेबार भएकाे छ।

१३ उपसमूहमध्ये २ उपसमूहमा हरियाे लागेकाे छ । बाँकी रहेका ११ उपसमूहहरुमा राताे लागेकाे छ । बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक केहि बढेको छ। अन्य उपसमूहको परिसूचक २.२१ प्रतिशत घटेको नेप्सेले जनाएकाे छ। विकास बैंक, वित्त तथा जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै घटेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0