
काठमाडौं, २८ असाेज । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा गिरावट भएकाे छ । परिसूचक घटेर बन्द भएको छ। यसअघि साेमबार शेयर बजार उकालाे लागेर बन्द भएकाे थियाे ।
नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ४.६० अंकले घटेको छ । फ्लोट इण्डेक्स १.८० अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंकले घटेको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लाे दिनकाेभन्दा घटेको छ। सोमबार ५ अर्ब नजिककाे काराेबार भएकाेमा यसदिन ३१७ कम्पनीकाे ३८ हजार ८२७ पटकको कारोबार हुँदा ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँबराबरको ७४ लाख ८८ हजार कित्ता शेयरकाे काराेबार भएकाे छ।
मंगलबार शुभम पावर र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ६ प्रतिशतले बढेको छ । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ। समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत घटेको छ।
कारोबारकाे आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यसैगरी, यस दिन हिमालयन रि इन्स्योरेन्सको १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने सिईडिबी होल्डिङ्गस लिमिटेडको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये ३ उपसमूहहरुमा मात्रै हरियाे लागेकाे छ । १० उपसमूहहरुमा राताे लागेकाे छ। व्यापार उपसमूहको परिसूचक १.४८ प्रतिशत बढेको छ। अन्य र म्युचुअल फण्ड उपसमूहको सामान्य बढेको छ।
विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै घटेकाे नेप्सेले जनाएकाे छ।























