काठमाडौं, २१ असोज । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्नाे दिन मंगलबार नेपाली बजारमा सुनको भाउमा भारि वृद्धि भएकाे छ । याे भाउ अहिलसम्मकै उच्च भाउ हाे । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको छ । चाँदीकाे भाउ स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । सोमबारको छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको भाउ स्थिर रहेकाे छ । आज चाँदीको भाउ सोमबारकै कायम भएकाे छ । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको साे भाउ हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0