काठमाडौं, २० असोज । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्नाे दिन साेमबार नेपाली बजारमा सुनचाँदीकाे भाउमा बृद्धि भएर नयाँ उचाइ कायम गरेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ २ हजार ५ सयले बढेकाे जनाएकाे छ । चाँदीमा रुपैयाँ ३० ले बढेकाे जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार छापावाल सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसदिन सुनले आईतबार कायम भएकाे रेकर्डलाई ब्रेक गरेर नयाँ उचाई बनाएको हो ।

चाँदीको भाउले पनि नयाँ उचाई बनाएको छ। आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी ताेलाकाे २ हजार ९ सय ३० रुपैयामा काराेबार भएकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0