
पोखरा, १५ असाेज । क्षत्री समाज नेपालका पुर्व केन्द्रिय सदस्य अनिरुद्ध थापा र चितवन निवासी रविन्द्र अधिकारीको निधनप्रति समाजले हार्दिक श्रद्धाञ्जली तथा दु:ख व्यक्त गरेको छ ।
पोखरा महानगरपालिका वडा नं १६ अमरदिप निवासी ७२ वर्षिय थापाको हृदयघातका कारण आइतबार निधन भएको हो। भारतीय सेनामा सेवा गरेका थापा सेवा अवकाशपछि सामाजिक तथा राजनीतिक विकासमा सकृय भएर लागेका थिए ।
थापाकाे शिक्षामा याेगदान छ । उनी चण्डीका आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुँदा भौतिक विकास तथा शैक्षिक उन्नयनमा राम्राे प्रभाव परेकाे थियाे ।
थापाको पार्थिव शरिरलाइ मंगलबार सेती नदीस्थित तुलसी घाटमा अन्त्यष्टि गरिएको छ। थापाको शवमा छोरा दीपक थापाले दागबत्ती दिएका थिए। यसअघि उनको निवासबाट शवयात्रा निकालिएको थियो।
साे अवसरमा नेकपा एमालेका गण्डकी इन्चार्ज किरण गुरुङ, एमाले कास्कीका ईन्चार्ज कृष्ण थापा, जिल्ला अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री, क्षेत्री समाज नेपालका महासचिव कृष्ण थापा लगायतले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे।
थापा एमालेका सेल्टर दाता पनि हुन् । उनकाे निधनप्रति एमाले कास्कीले दु:ख व्यक्त गरेको छ। नेकपा एमाले वडा कमिटी पोखरा १६, हिमालय क्लव, बाटुलेचौर, क्षेत्री समाज वडा इकाइ समितिले थापाको निधनमा दु:ख व्यक्त गरेका छन्। थापाका श्रीमती सुशिला थापा, छोरा दीपक र २ छोरी कंचन र दीपिका रहेका छन्।
यसैबीच, क्षेत्री समाज नेपालका महासचिव कृष्ण थापाले सामाजिक तथा राष्ट्रीय एकता, सद्भावना, सहिष्णुता र हरेक रचनात्मक कार्यमा निरन्तर अग्रसर भइरहने थापाकाे निधनले समाजलाई अपूरणीय क्षति भएकाे बताएका छन् । उनले भने, ‘उहाँकाे जस्ताे क्रयासिलताकाे सिकाे अबकाे पुस्ताले गर्नैपर्छ ।’
महासचिव थापाका अनुसार थापा भूतपूर्व प्रहरी सैनिक समाजका अध्यक्ष, समाजका कास्की कोषाध्यक्ष, समाजले आयोजना गरेका हरेक आन्दोलनमा सकृय सहभागिता जनाएका तथा समाजले गरेको विराट ज्ञान महायज्ञमा उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए ।
क्षत्री समाज नेपालले एक शोक बिज्ञप्ती जारी गरेर केन्द्रीय सदस्य थापा तथा समाजका केन्द्रीय सदस्य चितवन निवासी रविन्द्र अधिकारीको निधनप्रति हार्दिक श्रद्धमञ्जली व्यक्त गरेको छ । साथै परिवारका समवेदना प्रकट गरेको छ ।
पार्थिव शरिरमा समाजको झन्डा माहसचिव कृष्ण बहादुर थापा र जिल्ला अध्यक्ष दिल बहादुर अधिकारीले ओढाई अन्तिम बिदाइ गरिएको थियो ।























