Facebook X Youtube
  • dat
  • होमपेज
  • समाचार
  • विजनेस
    • अर्थ
    • अर्थनीति
    • कर्पोरेट
    • पर्यटन
    • रोजगार
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Radio Annapurna FM Online Annapurna
Radio Annapurna FM Radio Annapurna FM
  • dat
  • होमपेज
  • समाचार
    • ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ :…

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

  • विजनेस
    • सबैअर्थअर्थनीतिकर्पोरेटपर्यटनरोजगार

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

      नमोबुद्ध जात्रा आजदेखि सुरु

  • जीवनशैली
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

      भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

      आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

      दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

      नेफिनकाे आयोजनामा FPIC निर्देशिका कार्यपत्रसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न

  • मनोरन्जन
    • सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा सुझाव सङ्कलन

      ‘लमजुङ दरबार’सँगै बाँचेको माया

      युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

      अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

      तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
घर main with pic हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा

हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा

द्वारा
अनलाइन अन्नपूर्ण
-
174
Facebook
X
Pinterest
WhatsApp

    ढोरपाटन (बागलुङ), १२ असोज । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन् । दश दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याउने गरेका छन् ।

    मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्याउने गरेका छन् । यतिबेला सडक छेउछाउमा बाक्लै च्याङ्ग्राका बथानहरू भेटिन्छन् । सडकमै ग्राहक पुगेर खरिद गर्ने गरेका छन् । हिमाली क्षेत्रमा हुर्किएका च्याङ्ग्रा अन्यको तुलनामा स्वादिष्ट र औषधीय गुण हुने हुँदा धेरैको रोजाइमा पर्ने गरेको छ । मुस्ताङ र डोल्पामा खरिद गरेका ल्याएका च्याङ्ग्राको मूल्य चितवन र बुटवलसम्म पुर्याउँदा बढी हुने गरेको व्यापारी बताउँछन् ।

    व्यापारीले काठमाडौँ, पोखरा, चितवन र बुटवलसम्म ट्रकमार्फत ढुवानी गर्ने मुस्ताङका च्याङ्ग्रापालक किसान नामदेव गुरुङले बताउनुभयो । तीन दिन हिँडेर बागलुङ आइपुग्नुभएका गुरुङले पोखरासम्म पुगेर फर्किने बताउनुभयो । तीन सय च्याङ्ग्रा लिएर आउनुभएका गुरुङले बागलुङको मालढुङ्गा आइपुग्दा ७० वटा बिक्री भएको सुनाउनुभयो । आफूहरूले उत्पादन गरेको च्याङ्ग्रा खरिदका लागि पोखरा र काठमाडौँबाट व्यापारीहरू गोठमै पुगेर खरिद गर्ने उहाँको भनाइ छ ।

    हिमाली गोठबाट खरिद गरेको च्याङ्ग्रा तराईसम्म पुग्ने गरेको गुरुङ बताउनुहुन्छ । “भदौ महिनामै व्यापारीहरू गोठमा पुगेर खरिद गर्छन्, कतिले त अघिल्लो वर्षनै बैना दिएर आएका हुन्छन्, उनीहरूले गोठमा सस्तोमै पाउँछन्, बजार पुर्याउँदा महँगो पर्छ, किनकि गाडीमा ढुवानी गरेर भाडा तिर्नुपर्छ, बाटोमा हिडाउँदै लिए पनि खर्च धेरै हुन्छ”, उहाँले भन्नुभयो, “सहरबजारका मान्छेले हिमाली च्याङ्ग्रा खुब मन पराउँदा रैछन्, दसैँमा त ठूलो सङ्ख्यामा च्याङ्ग्रा बिक्री हुन्छ, पाल्न सके त राम्रो आम्दानी गर्न सकिन्छ, तर धेरै दुःख छ ।”

    च्याङ्ग्राले हिमाली क्षेत्रमा जडीबुटीयुक्त घाँस खाने हुँदा धेरैले महँगो रकम तिरेर किन्ने गर्छन् । पाँच वर्ष पुगेका च्याङ्ग्रा मासुका लागि राम्रो मानिने डोल्पाका किसान थमसिंह बुढाले बताउनुभयो । सत्र दिनको यात्रा गरेर बागलुङ आइपुगेको बताउने बुढाले आफ्नो मुख्य आम्दानीको स्रोत च्याङ्ग्रा व्यापार भएको बताउनुभयो । च्याङ्ग्रा व्यापारबाट नौ जनाको परिवार चलाएको उहाँको भनाइ छ । च्याङ्ग्रा हिउँ बढी हुने क्षेत्रमा पालन हुने भन्दै हिउँचितुवा र ब्वाँसोबाट जोगाउन मुस्किल हुने बुढा बताउनुहुन्छ ।

    आफूले आठ वर्षदेखि निरन्तर दसैँमा च्याङ्ग्रा लिएर बजार झर्ने गरेको सुनाउँदै बर्सेनि मूल्य बढ्दै गएको उहाँको भनाइ छ । आफूले सुरुमा रु १२ हजारदेखि बिक्री गर्न सुरु गरेको भन्दै अहिले च्याङ्ग्राको मूल्य करिब रु ५० हजारसम्म पुगेको बुढामगरले बताउनुभयो । चितवन र बुटवलसम्म पुग्दा मूल्य अझै बढी हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जति टाढा पुर्याइन्छ, च्याङ्ग्राको मूल्य बढ्नु स्वाभाविक हो, ट्रकमा ढुवानी गर्दा भाडा तिर्नुपर्छ, हिँडाउँदै लैजाँदा पनि गाह्रो हुन्छ, अघिल्लो वर्ष बुटवल पुगेको थिए, यसपालि पोखराबाट फर्किने योजना छ, हरके वर्ष मूल्य बढेकोबढ्यै छ, बाहिरी व्यापारीले गर्दा च्याङ्ग्राको मूल्य बढेको हो, गोठालाले नै ल्याउने हो भने त्यति धेरै पर्ने थिएन ।”

    मुस्ताङसहित डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्ग देशका ठूला सहरमा च्याङ्ग्रा भित्रिने गरेका छन् । तिब्बतबाट समेत भेडाच्याङ्ग्रा भित्रिने गरेका छन् । दसैँको खर्च जोहो गर्नका लागि यो सिजनमा बजार झरेको च्याङ्ग्रा व्यापारी मोहन लामाले बताउनुभयो । आफूले १५ वर्षदेखि चितवन, पोखरा र काठमाडौँमा च्याङ्ग्रा व्यापार गर्दै आएको सुनाउनुभयो । च्याङ्ग्रासँगै बागलुङका किसानले पनि भेडा बिक्री गर्न बजार झरेका छन् ।

    जिल्लाको तमानखोला, ढोरपाटन, निसीखोलाको माथिल्लो क्षेत्रका अधिकांश किसान भेडापालनमा आबद्ध छन् । उनीहरूले लेकबाट झारेका भेडा बुर्तिबाङ, खर्बाङ, गुल्मी, पाल्पा हुँदै बुटवलसम्म पुर्याउने गर्छन् ।

    Facebook
    X
    Pinterest
    WhatsApp
      अघिल्लो लेखमावायुसेवा निगमद्वारा चीनको ग्वाञ्जाओ उडान सुरु
      अर्को लेखमाकोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना
      अनलाइन अन्नपूर्ण
      अनलाइन अन्नपूर्ण

      सम्बन्धित लेखलेखक बढी

      माउन्ट अन्नपूर्ण माविमा बार्षिक खेलकुद शुरु

      ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ : प्रधानमन्त्री शाह

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      सिफारिस

      Каким делом заниматься ввечеру по окончании рабочего дня

      November 24, 2026

      Каким занятием увлечься вечерком по окончании рабочего дня

      November 24, 2026

      Каким делом заняться ввечеру по завершении рабочего дня

      November 24, 2026

      Casino web-based: how toward assess games, banking plus portal quality

      November 24, 2026

      बृजलाल केडियाको जीवनी समेटिएको पुस्तक विमोचन

      November 24, 2026
      लोड
      Radio Annapurna FM
      हाम्रो बारे
      सुचना बिभाग दर्ता : १३२८/०७५/७६
      अध्यक्ष : विश्वशंखर पालिखे
      सम्पादक : सञ्जय मल्ल
      कार्यकारी सम्पादक : सबिन रेग्मी
      महा–प्रबन्धक : नारायण पौडेल Pokhara-4, Gairapatan, Nepal
      Contact: 061-54324
      annapurnanews@gmail.com
      हामीलाई पालन
      Facebook X Youtube
      © Developed by : Ashish Puri
      बढी कथाहरू

      Каким делом заниматься ввечеру по окончании рабочего дня

      wp-admin - November 24, 2026 0