
मेक्सिको सिटी, ३ असोज । क्यानाडा र मेक्सिकोका नेताहरू संयुक्त राज्य अमेरिकासँगको त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौता (युएसएमसिए) को संरक्षण गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको कर दबाबबीच यसलाई ‘निष्पक्ष’ बनाउन सहमत भएका छन् ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँगको वार्तापछि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युएसएमसिएप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै यसले ‘उत्तर अमेरिकालाई विश्वको आर्थिक ईर्ष्या’ बनाएको बताउनुभयो । सेनबामले सम्झौताको भविष्यबारे आशावादी रहेको बताउनुभयो ।
“युएसएमसिए विजयी हुनेछ भन्नेमा मलाई विश्वास छ”, उहाँले संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो । सन् २०२० देखि लागू भएको सम्झौता अर्को वर्ष समीक्षाका लागि तयार छ । मेक्सिको र क्यानाडा दुवैको अर्थतन्त्रका लागि यो महत्त्वपूर्ण मानिन्छ, किनभने उनीहरूको निर्यात क्रमशः ८० प्रतिशत र ७५ प्रतिशत संयुक्त राज्य अमेरिकातर्फ जान्छ ।
तर, ट्रम्पले सम्झौताबाहिरका क्यानाडा र मेक्सिकाली निर्यातमा क्रमशः ३५ र २५ प्रतिशत भन्सार शुल्क लगाउनुभएको छ । यी नीतिले क्यानाडाको अटो, स्टिल र एल्युमिनियम उद्योगमा रोजगारी गुम्ने अवस्था ल्याएको छ भने मेक्सिकोको अटो र स्टिल उद्योगमा पनि असर पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























