काठमाडौं, ३ असोज । साताकाे सुनचाँदीकाे काराेबार हुने छैटाे दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे भाउ बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँ बढेर २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार यस्तो सुन २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसदिन चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ। बिहीबार तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी २ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0