काठमाडौं, ३० भदौ । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन सोमबार नेपाली बजारमा सुनचाँदीकाे भाउ बढेकाे छ । चाँदीको भाउले अहिलेसम्मकै उच्च विन्दु कायम राखेकाे छ । सुन प्रतितोला रु पैयाँ १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाला सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ उकालाे लाग्ने क्रम राेकिएकाे छैन । साेमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर उच्च रेकर्ड बनाएकाे छ । चाँदी ताेलाकाे दुई हजार ५७५ रुपैयाँमा काराेबार भईरहेको छ । आईतबार चाँदी ताेलाकाे २ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0