काठमाण्डौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। उनले आज पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।

हिजो सोमबारदेखि काठमाडौँलगायत मुलुकभर भएको ‘जेनजी’को प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण उनले पदबाट राजीनामा दिएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0