काठमाडौं, १५ भदौ । साताकाे सुनचाँदीकाे काराेबार हुने पहिलाे दिन आज पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तरको ऐतिहासिक उचाई बनाउदै बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार नेपाली बजारमा छापावाला सुन प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ उचाई बनाउँदै बढेको हो ।

यस दिन चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा ६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । आईतबारको बजारमा चाँदी दुई हजार ४२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0