
पोखरा, १२ भदौ । लेखनाथ उद्योग वाणिय संघको भदौ २० र २१ गते हुने अधिवेशनमा पहिलो पटक संघको नेतृत्वमा पुग्न महिला उम्मेदवार जानुका पराजुली अधिकारी आफ्नो टिमसहित चुनावी मैदानमा देखिएकी छन् ।
२९ औं साधारण सभा तथा १५ औं अधिवेशनका लागि जानुका पराजुली अधिकारीले बिहिबार लेखनाथमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो टिमको घोषणा गरेकी हुन् ।
“ईमान्दारिता, पारदर्शिता र लगनशिलता, व्यावसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यक्ता” नारासहित पराजुलीको टिम आफ्ना मतदाताहरुको घरदैलोमा मत माग्न पनि गईरहेको उनले बताईन् ।
यसपटक दुई प्यानलबीच प्रतिष्पर्धा हुने देखिएको छ भने संघको २९ वर्षिय इतिहासमा पहिलो पटक महिला उम्मेदवारले अध्यक्षको दाविसहित आफ्नो टिम घोषणा गरेको पहिलो पटकको हो । यस विषयलाई सबै क्षेत्रबाट विशेष चासोकासाथ हेरिएको छ ।
घोषित टिममा अध्यक्षमा जानुका पराजुली अधिकारी, वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, दितिय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई आईडि, महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगा कुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटी रहेका छन् ।
यस्तै, खुल्ला सदस्यतर्फ प्रतिक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने, बीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने र दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सिना, सन्दिप बुढाथोकी रहेका छन् । एसोसिएट सदस्यमा दयाराज राजभण्डारी, संस्थागत सदस्यमा बिरभद्र कँडेल, महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार रहेका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार अधिकारीले आफ्नो टिमले संघमा रुपा, मादी र साविक लेखानाथका सम्पूर्ण व्यवसायिहरुलाई एउटै छाता मुनि अटाउने गरी दायरा र वातावरण सिर्जना गर्ने मान्यता बोकेर अघि बढेको बताईन् ।
व्यावसायिक क्षेत्रमा थुप्रै समस्याहरु छन् । कतिपय समस्याहरु हामीहरुले सुल्झाउन सक्ने र कतिपय राज्यलाई घच्घच्याउनु र्ने खालका भएकोले हामी एकता र आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिएको बताईन् । आफ्नो टिम अनुभवि, बौद्धिक, परिपक्व र समावेशी भएको बताउदै उनले नीतिगत कुरामा जोड दिईन् । समस्याहरुको पहिचान र समाधानका उपाएहरु खोज्न तल्लिन हुने बताईन् ।
हाल अर्थतन्त्रका केही सूचकहरुमा सुधार देखिएको बताउले अधिकारीले राज्यका नीति, कर र राजश्वमैत्री नहुँदा मर्का परेको बताईन् । सो अवसरमा उनले संघमा आवद्ध ८ बस्तुगत, ५० एशोसिएट र १९६१ साधारण सदस्य गरेर जम्मा २०१९ सदस्यहरुको विद्युतीय तथ्याङ्क प्रणालीबाट अभिलेखिकरण गरिने बताईन् ।
संघका सदस्यहरुको डिजिटल परिचयपत्र नविकरणको व्यवस्था मिलाईने, उद्यमशिलता र स्वरोजगारका लागि तिनै तहका सरकारसंग समन्वय र तालिम सञ्चालन गरिने, परियो्जनाको तयारी सहायता कक्षको व्यवस्था गरेर व्यवसाय र उद्यमशिलताको प्रवर्धन गरने प्रतिवद्धता व्यक्त गरिन् ।
साना तथा स्वरोजगार हुने लघु व्यवसाय र उद्यमशिलताका लागि पालिकाहरुसं)ग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिने, स्थानिय उत्पादनलाई जोड दिदै लेखनाथलाई उत्पादनमूलक क्षेत्रको रुपमा विकास गरी मेड ईन नेपालको अवधारणालाई प्राथमिकता दिईने अधिकारीले बताईन् ।
२३ बुँदे प्रतिवद्धता




























